सविना कार्की
प्रवासी नेपाली मञ्च (ONF), दक्षिण कोरियाले बाढी पीडितहरूका लागि २ लाख रुपैयाँ सहयोग रकम नेपाल सरकारको कोषमा पठाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी तथा रसुवा लगायतका क्षेत्रमा विक्रम संवत २०८२ भदौ १० गते आएको विनाशकारी प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति प्रवासी नेपाली मञ्च (ONF), दक्षिण कोरियाले गहिरो दुःख व्यक्त गरेको छ। मञ्चले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकदाप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
विपत्तिको यस घडीमा प्रभावितहरूलाई राहत पुऱ्याउने उद्देश्यले मञ्चको आह्वानमा १,८१५,२३४ कोरियन वन संकलन गरिएको थियो।
सो रकमबाट हुन आउने नेपाली रु. २,००,००० (दुई लाख रुपैयाँ) नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको जानकारी मञ्चका अध्यक्ष अन्जन राई र सचिव देवेन खम्बुद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
यस मानवीय अभियानमा स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा सहयोगीहरूप्रति मञ्चले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।






