साउथ कोरियामा नेपाली चलचित्र “गौथली” को विशेष प्रदर्शन हुँदै, संकलित रकम आपतकालीन राहतकोषमा सहयोग गरिने
छाङ्वोन, दक्षिण कोरिया सविना कार्की — नेपाली कला, संस्कृतिको प्रवर्द्धनका साथै सामाजिक कार्यमा योगदान पुर्याउने उद्देश्यका साथ दक्षिण कोरियाकाे छाङ्वनमा नेपाली चलचित्र “गौथली” को विशेष प्रदर्शन हुने भएको छ। उक्त चलचित्र ख्यङ्नाम नेपाली समाज दक्षिण काेरियाले पर्दर्शन गर्न लागेकाे हाे।
“आपतकालीन राहतकोष निर्माण अभियान” लाई आर्थिक सहयोग पुर्याउन यो च्यारिटी शो आयोजना गर्न लागिएको हो।
आउँदो सेप्टेम्बर ६, २०२६ (आइतबार) का दिन 경남 창원시 마산합포구 3·15대로 210 स्थित सभाहलमा उक्त चलचित्र प्रदर्शन गरिनेछ। आयोजकका अनुसार कार्यक्रमका लागि दिउँसो १२:०० बजे ढोका खुल्ला गरिनेछ भने चलचित्र निर्धारित समयमै सुरु हुनेछ।
आगन्तुकहरूको सहजताका लागि कार्यक्रम स्थलमा पर्याप्त पार्किङको सुविधा समेत रहेको छ।
आयोजक टोलीले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई चलचित्रको आनन्द लिनुका साथै परोपकारी अभियानमा सहभागी भई सहयोग गरिदिनुहुन हार्दिक अपिल गरेको छ।
कार्यक्रम विवरण:
चलचित्र: गौथली
मिति: सेप्टेम्बर ६, २०२६ (आइतबार)
समय: दिउँसो १२:०० बजे (ढोका खुल्ने समय)
स्थान: 경남 창원시 마산합포구 3·15대로 210
सम्पर्कका लागि:
गजेन्द्र रुचाल: 010-4671-1913
विनय भट्ट: 010-2999-7551
मिलन रेग्मी: 010-5932-5131
बसन्त घिमिरे: 010-9726-1978
दीपक रिमाल: 010-4217-7489
मनिष श्रेष्ठ: 010-6579-9311







