नेपालकाे रसुवा लगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढी पछि काेरियामा रहनु भएको सामाजिक अभियान्ता बीबी सिङकाे “हाम्रो साथी कोष” ले नेपाल सरकारलाई १८७,४५७(एक लाख सतासी हजार चार सय सन्ताउन्न ) रुपियाँ सहयोग प्रधान गरेकाे छ । उक्त जानकारी अभियान्ता सिङले आज बिहीबार भदौ ११ गते दिनु भएको हाे।
नेपाल मा विनाशकारी बाढि पछि सरकारले सम्पूर्ण नागरिकहरुमा सहयोगकाे अपिल गरेकाे छ। साथै उक्त काेष बन्द भएको पनि बताउनुभएको छ।
बीबी सिङले आफ्नो सामाजिक सञ्जाल मार्फत दिनुभएको जानकारी छ।
पूरा जानकारी तल हेर्नुहाेस।

कुनै बेला कोरियामा हरेक महिना जसो सहयोग अभियान हुन्थ्यो, लासलाई नेपाल पठाउन सहयोग अभियान हुन्थ्यो, साथै हस्पिटलमा अप्ठ्यारोमा परेका साथीहरूले सहयोग गर्न सकियोस हामीहरूले महिनाको 2,000 वन जम्मा हुने गरी “हाम्रो साथी कोष” नामक कोष खडा गरेका थियौँ ।
त्यसबाट धेरैजना साथीहरूलाई सहयोग पनि गर्यौं र विगत एक दुई/वर्ष कोषमा पैसा मात्र जम्मा भएको र कतै सहयोग नभएर जम्मा भएको पैसालाई नेपालमा भएको ठूलो विपत्तिमा हामीले सहयोग गर्नु कर्तव्य ठानेर कोषमा भएको सबै पैसा प्लस मेरो व्यक्तिगत तर्फबाट ६५,००० वन थप गरेर सम्पूर्ण पैसा नेपाल सरकारलाई पठाएका छन् । साथै आजैबाट यो कोष पूर्णरुपमा बन्द भएको पनि जानकारी गराउन चाहन्छु । र आजसम्म कोषमा सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद 🥰🙏🙏* कोष पूर्णरूपमा बन्द गर्ने भएकोले स्थापनादेखि अहिलेसम्मको सम्पूर्ण विवरण प्रिन्ट गरेर केही दिनमा पोष्ट गर्नेछु।






