कोरियाकाे महान पर्व छुसकको अवसरमा लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाले “लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम – २०२६” आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रम सेप्टेम्बर २५ तारिख शुक्रबारका दिने गरिने आयाेजक काे भनाइ रहेकाे छ। त्यसैगरी कार्यक्रम समय: साँझ ८:०० बजे देखि छ भने
📍 कार्यक्रम हुने स्थान: 서울시 종로구 종로 63-8, 2층 파나라마 रहेकाे छ।
🚆 ट्रेन लाइन नं. १ को 종각역 (Jonggak Station) गेट नं. ३ बाट करिब १०० मिटरको दूरीमा रहेकाे छ।
लुम्बिनी प्रदेश अन्तर्गतका दक्षिण कोरियामा स्थापित विभिन्न क्षेत्रगत तथा जिल्लागत संघसंस्थाहरूको सहयोग र सह-आयोजनामा संस्थाको आपत्कालीन राहत कोष स्थापना गर्ने पवित्र उद्देश्यका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाको विशेष प्रस्तुति सँगै नेपाली मौलिक नौमति पन्चे बाजाको साथमा कार्यक्रम गरिनेछ।
“लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम – २०२६” भव्य रुपमा सम्पन्न गरिने स्रोतले बताएको छ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न पेशा व्यवसाय,रोजगारी तथा अध्ययनको सिलसिलामा दक्षिण कोरियामा रहनुहुने समस्त नेपालीजनहरुमा उपस्थिति जनाइदिनुहुनकाे लागि पनि आयाेजकले लागि हार्दिक निमन्त्रणा गरेका छन्।






