सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले नेपालको मौलिक तथा ऐतिहासिक खेल डन्डीबियो लाई प्रवर्द्धन गर्ने उद्देश्यले
प्रथम डन्डीबियो च्याम्पियनसिप–२०२६ सम्बन्धी पत्रकार सम्मेलन गर्ने भएको छ।

उक्त पत्रकार सम्मेलन जुलाई २६, २०२६ (आइतबार)का दिन दिउँसो २:०० बजे गरिनेछ। कार्यक्रम उरी हिमालयन रेष्टुरेन्ट, सुवनमा हुने समाजका अध्यक्ष उद्वव नेपालले बताउनुभएको हाे।
नेपालका अनुसार, पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको उद्देश्य, अवधारणा, नियमावली, सुरक्षा व्यवस्थापन, आयोजना प्रक्रिया तथा आगामी कार्ययोजनाबारे आधिकारिक जानकारी सार्वजनिक गरिनेछ। त्यस्तै कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा महानुभावहरूको जिज्ञासाको उत्तर दिने अवसर रहेकाे छ।
“हाम्रो खेल, हाम्रो पहिचान — डन्डीबियो हाम्रो शान” भन्ने नारासहित उक्त खेल कार्यक्रम गर्न लागिएको छ।
दक्षिण कोरियामा रहेका नेपाली सञ्चारमाध्यमका पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, खेलप्रेमी तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई सहयोग गर्न आयोजकले हार्दिक अनुरोध गरेको छ।







