अब 𝐄𝟕 को परिवार 𝐅-𝟑 भिसा र 𝐃-𝟏𝟎 भिसावालाले पनि काम गर्न पाउने,𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭 𝐯𝐢𝐬𝐚 मा आएको १ वर्ष पूरा भएको तर ग्रामीण क्षेत्रमा विद्यार्थीका अभिभावकलाई पनि काम गर्न मौसमी कामदारको रुपमा बोलाउन मिल्नेछ दक्षिण कोरियामा मौसमी कामदार भिसाको दायरा फराकिलो बन्दै गएको छ। अब मौसमी कामदारको रूपमा अब ई-७-४ को परिवार र एफ-३ भिसामा रहेकाहरूले पनि काम गर्न पाउने भएका हुन्।
विद्यार्थी भिसामा आएको १ वर्ष पूरा भएको तर ग्रामीण क्षेत्रमा (ख्यङ्गी, इन्छन,सउल बाहिरका ) विद्यार्थीका अभिभावकलाई पनि काम गर्न मौसमी कामदारको रुपमा बोलाउन मिल्नेछ। कोरिया सरकारले डि-१० भिसा भएकाहरूले पनि उक्त काम गर्न पाउने व्यवस्था गरेको छ। एफ-१ भिसामा भएकाहरूमध्ये एफ-१-२ बाहेककाले काम गर्न पाउने व्यवस्था भएको छ। दक्षिण कोरियाले सन् २०२६ का लागि मौसमी कामदार (Seasonal Worker) सम्बन्धी नियमलाई थप फराकिलो बनाएको छ। श्रम अभाव भएका कृषि तथा ग्रामीण क्षेत्रमा आवश्यक जनशक्ति उपलब्ध गराउने उद्देश्यले सरकारले मौसमी कामदारको रूपमा काम गर्न पाउने विदेशीको दायरा विस्तार गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब E-7-4 भिसाधारकका परिवारका सदस्यहरू (F-3 भिसा) ले पनि आवश्यक प्रक्रिया पूरा गरी मौसमी कामदारका रूपमा काम गर्न पाउने भएका छन्। यसअघि यो अवसर सीमित वर्गका लागि मात्रै उपलब्ध थियो।
त्यसैगरी, D-2 (विद्यार्थी) भिसामा दक्षिण कोरिया आएको कम्तीमा १ वर्ष पूरा भएका विद्यार्थीका अभिभावकलाई पनि मौसमी कामदारका रूपमा बोलाउन सकिने व्यवस्था गरिएको छ। तर यो सुविधा सियोल, इन्छन र ग्यङ्गी प्रदेश बाहिरका ग्रामीण क्षेत्रका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी का अभिभावकका लागि लागू हुनेछ।
यस्तै, D-10 (रोजगारी खोज्ने) भिसामा रहेका विदेशी ले पनि मौसमी कामदारका रूपमा काम गर्न पाउने भएका छन्। साथै F-1 भिसाधारकमध्ये F-1-2 बाहेकका अन्य F-1 भिसावालाहरू लाई पनि यो अवसर दिइएको छ।
सरकारले सन् २०२६ का लागि कृषि, मत्स्यपालन तथा अन्य मौसमी श्रम आवश्यक पर्ने क्षेत्रहरूमा कामदारको कोटा पनि निर्धारण गरिसकेको छ। नयाँ व्यवस्थाले ग्रामीण क्षेत्रमा देखिएको श्रमिक अभाव कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।विशेषगरी नेपालसहित विभिन्न देशका दक्षिण कोरियामा रहेका विदेशी विद्यार्थी, E-7-4 भिसाधारकका परिवार तथा D-10 भिसावालाहरूका लागि यो निर्णय रोजगारीको नयाँ अवसरका रूपमा हेरिएको छ। bishalaawaj







