उमेश जंङ कार्की
नेपाल सरकारबाट मान्यता प्राप्त United Nepali Driving Community (UNDC) ले अन्तर्राष्ट्रिय क्षेत्रमा ड्राइभिङ लगायत विभिन्न सीप तथा दक्षता हासिल गरेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगठित गर्ने उद्देश्यका साथ UAE उप-समिति गठन गरेको छ।
उक्त उप समिति जुन २८ तारिख आइतबारका दिन गठन गरिएको हाे। २८ जुन २०२६ देखि औपचारिक रूपमा स्थापना भएको उप-समितिले UAE मा रहेका नेपाली समुदायबीच संगठन विस्तार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बारे आयाजकले बताएको हाे।
जुन २८ तारिक टुरिष्ट स्टार प्लाजामा United Nepali Driving Community (UNDC) को युएइ प्रान्तको उपसमिती गठन भएको हाे । कार्यक्रमको सम्योजक श्री गान्देब घिमिरेको सम्योजकमा सम्पन भएको छ। कार्यक्रममा प्रमुख अतिथी NRNA U.A.E.को सचिब केसब खड्का र विशेष अतिथी नेपाली समाज युएईको प्रबक्ता युबराज भट्टराई ,सभापति नारायण प्रसाद श्रेष्ठ रहनुभएकाे थियोे ।
त्यसैगरी अतिथिहरुमा नेपाली समाज युएईको पुर्ब कोषाध्यक्ष,सिन्धुपाल्चोक सेवा समाज युएईको पुर्ब अध्यक्ष दिपक राउत,सुनसरी समाज युएईकोको अध्यक्ष श्रीमती सरु कटुवाल, सुनसरी समाज युएईको सस्थापक रोहित बस्नेत ,नबलपुर सेवा समाज युएइको अध्यक्ष गोपाल प्रसाद पराजुली ,प्रेम पाण्डे ,पुर्णराज गहतराज, क्षेत्री समाज युएईको कोषाध्यक्ष कमल केसि,चकलेट बजारको संचालक गणेश बस्नेत, कार्यक्रमलाई ब्यबस्थित बनाउन सहयोग गर्नुहुने श्रीमती बिमला पोखरेल लगायतको उपस्तिथि रहेको थियो ।
UNDC ले सञ्चालन गर्दै आएको “हाम्रो एकता, मातृभूमिको यात्रा” अभियानलाई सफल बनाउन UAE स्थित नेपाली राजदूतावास, NRNA, नेपाली समाज तथा विभिन्न जिल्ला–वासी संस्थाहरूले निरन्तर साथ, सहयोग र शुभेच्छा प्रदान गर्दै आएका छन्। UNDC ले सबै सहयोगी संस्था तथा व्यक्तिहरूप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ।

UNDC को प्रमुख उद्देश्य अन्तर्राष्ट्रिय स्तरमा ड्राइभिङ लगायत विभिन्न सीप, अनुभव तथा व्यावसायिक दक्षता हासिल गरेका नेपालीहरूलाई एकीकृत गर्दै नेपालमा सुरक्षित, व्यवस्थित र आधुनिक यातायात प्रणालीको विकास तथा सुधारमा योगदान पुर्याउनु हो। साथै, विदेशमा आर्जन भएको ज्ञान, सीप र अनुभवलाई नेपालको हितमा उपयोग गर्ने वातावरण निर्माण गर्नु पनि संगठनको लक्ष्य रहेको छ।

यसका अतिरिक्त, संगठनमा आबद्ध सदस्यहरूलाई विभिन्न प्रकारका ठगी, गलत सूचना तथा अन्य समस्याबाट जोगाउन UNDC ले विभिन्न सचेतनामूलक तथा सहयोगात्मक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।


सदस्यहरूको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण तथा व्यवस्थापन गर्न UNDC ले Membership Tracking System सञ्चालनमा ल्याएको छ। यस प्रणालीमार्फत सदस्यहरूको विवरण सुरक्षित राखिने, आवश्यक समन्वय गरिने तथा नेपाल फर्कने सदस्यहरूसँग संगठनको निरन्तर सम्पर्क कायम राखी विभिन्न कार्यक्रम तथा सेवामा सहभागी गराउने व्यवस्था गरिएको छ।
UNDC ले आगामी दिनहरूमा अन्तर्राष्ट्रिय नेपाली समुदायलाई अझ सशक्त, संगठित तथा मातृभूमिप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ आफ्नो अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउने जनाएको छ।








