जुन २१ तारिख आइतबारका दिन दोङ्देमुन स्थित पुर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा नेपाली सम्पर्क समितिको छुसक सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका संरक्षकहरु, सल्लाहकारहरु, प्रदेश अध्यक्षजहरु, जिल्ला समितिका अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगाएत बुद्दिजिवी वर्ग, सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा आगामी सेप्टेम्बर २४-२७ तारिखमा नेपाली सम्पर्क समिति अन्तर्गत रहेर विभिन्न संघ-संस्थाले गर्ने साँस्कृतिक कार्यक्रमहरु बिभाजन गरिएको हो।
बिभाजन गरिएको कार्यक्रमहरुमा आगामी छुसकको दोश्रो दिन सेप्टेम्बर २५ तारिख गण्डकी प्रदेश समाज अन्तर्गतको नवलपुर समाजले नवलपुर सांगीतिक सौगात भाग-०१ कार्यक्रम गर्ने तय भएको छ भने तेस्रो दिन सेप्टेम्बर २६ तारिखमा पुर्वी नेपाल समाज अन्तर्गत किरात याक्थुङ चुम्लुङले सिरिजंघा सांगीतिक सौगात भाग-०५ गर्ने तय भएको अध्यक्ष हर्क बिष्टले बताउनुभएको छ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्षज्यूहरुले कार्यक्रम गर्नुको उद्देश्य, कार्यक्रमको तयारी लगाएतका विषयमा आफ्नो भनाईहरु राख्नुभएको थियो भने नेपाली सम्पर्क समितिका अध्यक्ष बिष्टले संस्थाको तर्फबाट कार्यक्रममा भरपुर सहयोग रहने कुरामा विश्वस्त रहि तयारीलाई तिव्रता दिनुहुन अनुरोध गर्नुभएको थियो।
NCC अन्तर्गत छुसकका कार्यक्रमहरु:- यस्तो छ।
१) नवलपुर सांगीतिक सौगात भाग-०१ नवलपुर समाज (२०२६/०९/२५ तारिख)
२) सिरिजंघा सांगीतिक सौगात भाग-०५ किराँत याक्थुङ चुम्लुङ (२०२६/०९/२६ तारिख) मा रहेकोे जानकारी दिइएको छ।







