कर्णाली प्रदेश समाज दक्षिण कोरियाको चाैथाे अधिवेशन मे ३ आइतबारका दिन काेरियाकाे राजधानी सउल स्थित नेपाल थाई रेष्टुरेन्टमा सम्पन्न गरिएको छ।

उक्त अधिवेशनबाट नवनिर्वाचित अध्यक्षमा तिलक हमाल ठकुरी रहेका छन् । नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरकाे नाम निम्न छन्।
नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष: तिलक हमाल
वरिष्ठ उपाध्यक्ष: प्रेमकला बि.क.
उपाध्यक्ष: विजय लामिछाने, कर्ण कार्की
महासचिव: टर सिंह पुन
सचिव: बिनोद रावत, भक्त रावत, शुमन सिंह ठकुरी
कोषाध्यक्ष: एस.के. भट्टराई (सत्य)
सह-कोषाध्यक्ष: —
सदस्य: शागर राम्जा, गोपाल बराल, बिनोद बजगाई, हिक्मत शाही रहेका छन्।

साथै कर्णाली प्रदेश समाज दक्षिण काेरियाले अधिवेशन सम्पन्नता बारे जानकारी गराएको सुचना तल उल्लेख गरिएको छ।
- मिति २०२६/०५/०३, आइतबार दोङदेमुन स्थित नेपालीथाई रेस्टुरेन्टको सभाहलमा कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्यन्तै भव्य, गरिमामय र ऐतिहासिक रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष श्री धर्मराज तिवारीज्यूको अध्यक्ष्यता तथा नेपाली दूतावास, दक्षिण कोरियाका श्रम काउन्सिलर मैयाँ कँडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनले कर्णालीवासीहरूको एकता, पहिचान र संगठनात्मक शक्तिलाई नयाँ उचाइ प्रदान गरेको छ।
संस्थाको प्रगती प्रतिवेदन सचिव पृथ्वी मगर ज्युले प्रश्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन सचिव विजय लामिछानेज्युले प्रश्तुत गर्नु भएको थियो।
कार्यक्रममा एनआरएनए अध्यक्ष, एनसीसी अध्यक्ष, विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्व, प्रदेशस्तरीय तथा जिल्लागत संस्थाका अध्यक्षज्यूहरू, जातीय, धार्मिक तथा क्षेत्रीय संघसंस्थाका प्रमुखहरू, साथै संस्थाका संरक्षक, सल्लाहकार र जिल्ला संयोजकज्यूहरूको उल्लेखनीय उपस्थिति रह्यो।
यसले कार्यक्रमलाई थप गरिमामय बनाउनुका साथै आपसी सद्भाव, सहकार्य र एकताको सन्देश प्रवाह गरेको थियो।
कार्यक्रमलाई अझ ऊर्जाशील र जीवन्त बनाउँदै हवासंङ नेपाली सांगीतिक समूहले आफ्नो उत्कृष्ट सांगीतिक प्रस्तुति मार्फत वातावरणलाई रोमाञ्चक बनाएको थियो, जसले उपस्थित सम्पूर्ण महानुभावहरूको मन जित्न सफल भयो।
प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिज्यूहरूले आफ्नो मन्तव्यमा संस्थाले विगत कार्यकालमा गरेका सामाजिक, सांस्कृतिक तथा एकतामूलक कार्यहरूको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो।
यस अवसरमा संस्थाले तेस्रो कार्यसमितिको कार्यकालमा समाजमा महत्वपूर्ण योगदान पुर्याउनु हुने विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तित्वहरूलाई मायाको चिनो र सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेको थियो ।जसले योगदानको कदर र प्रेरणाको सन्देश प्रवाह गर्यो।
तेस्रो कार्यसमिति बाट निर्वाचित अध्यक्ष धर्मराज तिवारीज्यूलाई सफलता पुर्वक कार्यकाल सम्पन्न गर्नुभएकोमा NCC, प्रदेश स्तरीय संस्था र कर्णालीका जिल्लागत संस्थाहरूले सम्मान तथा बधाई ज्ञापन गर्नु भएको थियो।
अधिवेशनको महत्वपूर्ण उपलब्धिका रूपमा खगेन्द्र रानाज्यूको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मतिबाट चौँथो कार्यसमिति चयन गर्न सफल भएको छ।
नवनिर्वाचित कार्यसमिति निम्नानुसार रहेको छ:
अध्यक्ष: तिलक हमाल
वरिष्ठ उपाध्यक्ष: प्रेमकला बि.क.
उपाध्यक्ष: विजय लामिछाने
: कर्ण कार्की
महासचिव: टर सिंह पुन
सचिव: बिनोद रावत
:भक्त रावत
:शुमन सिंह ठकुरी
कोषाध्यक्ष: एस.के. भट्टराई (सत्य)
सह-कोषाध्यक्ष: (रिक्त)
सदस्य: शागर राम्जा
गोपाल बरा
बिनोद बजगाईं
हिक्मत शाही
नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिन्छ।
साथै रिक्त पदहरूलाई कार्यसमितिले चाँडै पूर्णता दिने विश्वास व्यक्त गरिएको छ।
अन्त्यमा, यस ऐतिहासिक अधिवेशनलाई सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिन्छ।







