दक्षिण कोरियाको राजधानी सउलस्थित नेपाली दूतावासले बुधबार अप्रिय २९ तारिखमा नेपाली चियाको प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाली टी टेस्टिङ कार्यक्रम’ सम्पन्न गरेकाे छ।
नेपालको चिया प्रमोशनको लागि गणतन्त्र कोरियामा Tea Tasting Program नेपाली राजदूतावासको आयोजना, कोरियन टी सोमेलियर इन्स्चिट्यूटको सहयोग तथा नेपाल चिया तथा कफी विकास वोर्डको समन्वयमा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
उक्त कार्यले कोरियन बजारमा नेपाली चियालाई परिचित गराउने कार्यका साथै दुबै देशका चिया उधोगी, व्यवसायीहरू बिचमा सम्वाद हुने अवसर प्राप्त राजदुत शिवमाया तुम्बाहाङफेले बताउनु भएको छ।
कार्यक्रममा कोरियन टि वोर्ड तथा चिया व्यवसायीहरूको सहभागिता रहेको थियो । त्यस अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले नेपाली चियाको विविधता र गुणस्तरलाई कोरियाली बजारमा परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
सिओलस्थित दूतावासका अनुसार उनले कार्यक्रमका माध्यमबाट दुवै देशका चिया उद्यमीबीच अर्थपूर्ण संवादलाई प्रोत्साहन भएको बताउँदै चिया संस्कृति, परम्परा र सम्बन्धको प्रतीक भएको उल्लेख गरे ।
हिमालका काखमा उत्पादित नेपाली चियाको विशिष्ट गुणस्तर रहेको र कोरियाली बजारमा यसको उच्च सम्भावना रहेको राजदूत तुम्बाहाम्फेले बताए ।
कार्यक्रममा ३० भन्दा बढी कोरियाली चिया आयातकर्ता तथा छ जना नेपाली चिया उद्यमी सहभागी भएका थिए । कार्यक्रम राष्ट्रिय चिया दिवसको सन्दर्भमा आयोजना गरिएको हो ।







