नेपाली सम्पर्क समिति दक्षिण कोरियाले मे २ तारिख शनिबारका दिन २५७० औं बुद्ध जयन्ती विशेष समारोह आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रमलाई एनसीसी काेरियाले आयाेजना गरेकाे छ भने सह आयाेजक का रुपमा आदिवासी जनजाती महासंघ द.कोरिया,सुदूरपश्चिम समाज दक्षिण कोरिया,पुर्वी नेपाल समाज कोरिया,बागमती प्रदेश एकता समाज,कर्णाली प्रदेश समाज दक्षिणकोरिया,गण्डकी प्रदेश समाज कोरिया,लुम्बिनी प्रदेश समाज,Nepal Buddhist Family नेपाल बौद्ध परिवार कोरिया ,थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्वा लगायतका संघ संस्था हरु रहेकाे समितिका अध्यक्ष हर्क विष्टले जानकारी दिनुभएकाे छ।
त्यसैगरी रा.लो.दो. प्रतिष्ठान कोरिया शाखा ,सनातनसाहित्यसङ्गितसाधनासमुह पाँचस दक्षिणकोरिया र ख्यङ्गी नेपाली एकता समाजको विशेष सहयोग र बैङक पार्टनर सिनहान बैंक , रेमिटेंस पर्टनर coinshort , Khusi Khusi( खुसी कन्सल्टेन्सी),star multipurpose ,नाना रेष्टुरेण्ट,Lasso Annapurna Restaurant 라소 안나푸르나 레사토랑Bhetghat restaurant ,jogee restaurant र GNK GLOBLE को सहयोगमा ख्याङ्गिदोको योङ्गिनमा “२५७०औं बुद्ध जयन्ती विशेष समारोह ” हुने बारे बताउनुहुदै NCC काेरियाका अध्यक्ष हर्क विष्ट र आयाेजक ,सह आयाेजक रहेका सम्पूर्ण टाेलिहरुले कोरियामा क्रियाशील सम्पुर्ण संघसंस्थामा आवद्ध व्यक्तित्व तथा सम्पुर्ण नेपाली आमाबुबा,दाजुभाइ तथा दिदीबहिनीहरुमा गरीमामय उपस्थिति जनाइदिनुहुनका लागी विषेश अनुरोध गर्नुभएको छ।






