FNJ कोरिया शाखाको २०औँ वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
दक्षिण कोरियामा रहेका नेपाली सञ्चारकर्मी तथा सञ्चारप्रेमीलाई एकै थलोमा जोड्दै प्रवासी पत्रकारिताको सुदृढीकरणका साथै क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले महत्त्वपूर्ण कार्यक्रम DIASPORA MEDIA SUMMIT-2026 सफलतापूर्वक सम्पन्न गरेकाे छ।

मार्च २९ तारिख आइतबार हिजाे आयाेजना गरेकाे कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकाे छ ।
कार्यक्रमकाे सभा अध्यक्ष सन्तोष खड्का हुनुहुन्थ्यो भने प्रमुख अतिथि , केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य रहनुभएकाे थियोे ।
कार्यक्रममा बिहान १० बजेबाट पत्रकारहरुलाई विशेष ट्रेनिङ सेसन थियो भने उक्त ट्रेनिङका लागि बाक्लाे सहभागी रहेकाे थियो । प्रशिक्षण अत्यन्तै सानदार बनेकाे थियोे ।
प्रशिक्षणका लागि प्रशिक्षकहरुः
१. कोकिल पौडेल
उपाध्यक्ष
२. बलाराम पुडासैनि
सकृय मिडिया
३. उतम खजुम
अध्यक्ष
फोनिज कोरिया
४. रमेश सिवाकोटी
सम्पादक
सेवा प्रवाह
५.त्यसैगरी प्रकाश धमला
६ . मुख्य प्रशिक्षक दिपक आचार्य काे प्रशिक्षण पछि उक्त सेससन समाप्त भएको थियोे ।
दास्राे सेसनकाे कार्यक्रम विभिन्न अतिथिहरुका साथ सम्पन्नता भएको हाे।







