DIASPORA MEDIA SUMMIT-2026 कार्यक्रमको लागि व.उपाध्यक्ष आचार्य काेरिया प्रस्थान हुनुभएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य
FNJ कोरिया शाखाको २०औँ वर्ष प्रवेशको अवसरमा आयोजित DIASPORA MEDIA SUMMIT-2026 कार्यक्रमको लागि शनिबार दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ।
वरिष्ठ उपाध्यक्ष दीपक आचार्यलाई दक्षिण कोरियाको अन्तर्राष्ट्रिय विमानस्थल “ईन्छन” मा पत्रकार महासंघका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूद्वारा स्वागत गरिएकाे छ।
स्वागतका लागि एनआरएनए काेरियाका अध्यक्ष विपिन कुमार गुरुङ त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी काेरियाका अध्यक्ष जीवन खतिवडा ,नेपाली जनसम्पर्क समिति काेरियाका पूर्वसभापति लक्ष्मण दाहाल लगाएको टाेली आचार्यलाई स्वागतका लागि एयरपोर्ट पुग्नुभएकाे हाे।







