भुवन चाैलागाई
-
नेपाली सम्पर्क समिति (एनसीसी) द.काेरियाकाे १९ औं अधिवेशन गएको आइतबार मार्च १५ तारिखका दिन सफलतापूर्वक सम्पन्न भएको छ।
दक्षिण काेरियाकाे सबै भन्दा पहिले सन १९९३ मा स्थापना भएको, नेपाली र नेपाली संघसंस्थाहरुकाे पनि अभिभावक रहेकाे नेपाली सम्पर्क समिति ( NCC ) दक्षिण काेरियाकाे
१९ औं अधिवेशनमा प्रमुख अतिथिमा नेपाली राजदूतावास काेरियाका राजदूत शिवमाया तुम्बाहाङ्फे रहनुभएकाे थियो भने विशेष अतिथिहरुमा विभिन्न राजनीतिक दलका प्रमुख हरु,काेरिया स्थित विभिन्न संघसंस्थाका प्रमुख हरु , पत्रकार हरुरहनुभएकाे थियो ।
त्यसैगरी काेरियामा नेपाली समुदायका सय भन्दा बढि अतिथिहरुकाे उपस्थितिमा अध्यक्ष हरि प्रसाद खनालकाे नेतृत्वले भव्यताका साथ अधिवेशन सम्पन्न गरेकाे हाे।

NCCकाेरियाले ले राष्ट्रिय कला र संस्कृति हाम्रो शान एकताबद्ध नेपाली समाज हाम्रो पहिचान – भन्ने मुल नाराका साथ आइतबार मार्च १५ मा १९ औं अधिवेशन भव्य रुपमा गरेकाे हाे ।

हाम्रोकान्तिपुरले कलेट गरेकाे तस्वीर तल हेर्नुहाेस।


समाचार प्रकाशन मिति -२०२६ मार्च १८ तारिख-



भुवन चाैलागाई


