नेपाली सम्पर्क समिति दक्षिण काेरियाले मार्च १५ मा अधिवेशन गर्ने तय भएको छ तर सार्वजनिक चासाेकाे विषय बनेकाे छ अबको नेतृत्व कसको ?
दक्षिण कोरियाको सबैभन्दा जेठाे र सक्रिय संस्था नेपाली सम्पर्क समितिकाे १९ औँ अधिवेशन मार्च १५ तारिख आइतबारका दिन हुने भएको छ।

कार्यक्रम भने दोङ्देमुनस्थित सेमाउल बैंकको पाँचौ तलामा हुँने तय भएको संस्थाका महासचिव दिपक थापा मगरेले बताउनुभएको छ।
अधिवेशनमा संस्थागत प्रस्तावका साथै दक्षिण कोरियामा रहेका नेपाली समुदायको पेशागत हकहित, सामाजिक सुरक्षा लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ।
नेपालीहरुमा आइपर्ने समस्या समाधानका ललागी सन १९९३ मा दक्षिण कोरिया नेपाली सम्पर्क समिति स्थापना भएको थियो ।
आगामी दिनमा संस्थाकाे नेतृत्व कसले लिन्छ भन्नेबारे सर्वत्र चासाे बनिरहेकाे छ उक्त चासाे भने अधिवेशन पश्चात् नै थाहा लाग्नेछ ।







