
काठमाडौं, आज भएको झडपमा घाइते भएका प्रहरीको स्वास्थ्य अवस्था बुझ्न एसएसपी जावलाखेल अस्पताल पुगेका छन ।
ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल झडपमा घाइते ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाको जानकारी लिन जावलाखेल स्थित अल्का अस्पताल पुगेका हुन । रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा प्रदर्शनकारीले निर्मतापूर्वक आक्रमण र कुटपिट गर्दा उनी घाईते भएका हुन ।
उनले कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको निषेधज्ञा र जनता जोगाउन अहोरात्र सडकमा खटिएको ट्राफिक प्रहरी माथी त्यसरी सामुहिक रुपमा निर्घात कुटपिट गर्नु अमानविय मात्रै नभई कानुन विपरित समेत भएकोले उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाहीगर्ने बताएका छन ।







