सविना कार्की
ख्याङ्नाम नेपाली समाज दक्षिण कोरियाकाे “दोस्रो अधिवेशन” मार्च ८ तारिख आगामी आइतबार
ख्याङ्नाम इजुमिन सेन्टर, छाङ्वन (창원시 의창구 사화로18번길 30) मा हुने भएको छ ।
मार्च २ तारिख आइतबार साझ उक्त कार्यक्रमकाे व्यानर सार्वजनिक गर्दै नमस्ते रेष्टुरेन्टका सञ्चालक याेगिता गाैतमले सम्बन्धित जानकारी दिनुभएको हाे ।

경상남도 क्षेत्रमा रहेका नेपालीहरूलाई एउटै सूत्रमा बाध्दै सामाजिक सेवामा समर्पित ख्याङ्नाम नेपाली समाज दक्षिण कोरिया आफ्नो स्थापनाको महत्वपूर्ण खुड्किलो पार गर्दै “दोस्रो अधिवेशन” आयोजना गर्न लागिएको हाे।
कार्यक्रम विवरण यस्तो रहेकाे छ।
मिति: ०८ मार्च, २०२६ (आउने आइतबार)
• समय: दिउँसो १:०० बजे
• स्थान: ख्याङ्नाम इजुमिन सेन्टर, छाङ्वन (Changwon Migrants Center)
• ठेगाना: 창원시 의창구 사화로18번길 30 रहेकाे छ ।







