नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर गएका छन्। त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार देउवा गएराति ११ः३० बजे सिंगापुर एयरलाइन्सको जहाजमार्फत सिंगापुर प्रस्थान गरेका हुन् ।
देउवा स्वस्थ्योपचारका लागि सिंगापुर गएका हुन्। डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक विजयी भएका देउवा यसपटक भने चुनावमा सहभागी नहुने भएका छन् ।
देशभर चुनावी माहोल छाइरहेका बेला देउवा मध्यरातमा सुटुक्क सिंगापुर उडेपछि गृहजिल्ला डडेल्धुराका कांग्रेस समर्थकहरुको देउवा मतदान गर्न आउने अपेक्षासमेत समाप्त भएको छ । जेनजी आन्दोलनपछि कत्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा दम्पत्ति १८ दिनपछि स्वदेश फर्किएका थिए। देउवाले पहिलादेखि नै सिंगापुरमा स्वास्थ्य जाँच गराउँदै आएका छन् ।







