सविना कार्की
राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को उपचारका लागि आर्थिक सहयोग अभियान चलाएकाेमा नेपाल फुटबल महासंघ दक्षिण कोरियाले उक्त अभियान बन्द गरेकाे छ। बुधबार २५ तारिख आज बिहान एक सूचना जारी गर्दै संघले जानकारी दिएको हाे।
यस्तो छ संघको सूचना
राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सिघ्रस्वास्थ्य लाभको कामनासहित सुरु गरिएको आकस्मिक सहयोग अभियान सम्बन्धमा जानकारी गराउन चाहन्छौं।नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तर्फबाट राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) को सिघ्रस्वास्थ्य लाभको कामनासहित सुरु गरिएको आकस्मिक सहयोग अभियान सम्बन्धमा जानकारी गराउन चाहन्छौं।
उहाँ स्वयमले हाल उपचारका लागि आवश्यक आर्थिक सहयोग पर्याप्त भएको जानकारी गराउँदै थप सहयोग रकम रोकिदिन अनुरोध गर्नुभएको हुँदा “नेपाल फुटबल महासंघ दक्षिण कोरिया” ले आजको मितिबाट उक्त सहयोग अभियान स्थगित गर्ने निर्णय गरेको छ।
अभियानमार्फत हालसम्म संकलित रकमको सम्बन्धमा, साम्बा तथा उहाँको आधिकारिक प्रतिनिधिसँग आवश्यक परामर्श गरी छिट्टै स्पष्ट जानकारी सार्वजनिक गरिनेछ।
यस अभियानमा साथ, सहयोग र विश्वासका लागि सम्पूर्ण सहयोगदाताहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।






