
चाैतारा, कोभिड-१९ बाट सिन्धुपाल्चोकमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको छ । इन्द्राजती गाउँपालिका ६ की ७७ वर्षीया वृद्ध महिलाको काठमाण्डौको विरेन्द्र सैनीक अस्पताल, छाउनीमा मृत्यु भएको हो ।
दमको रोग भएकी उनलाई भदौ ५ गते उपचारको लागि काठमाण्डौ लगिएको थियो । उनको भदौ १२ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।
याेसँगै सिन्धुपाल्चोकमा कोरोनाको कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचारकै क्रममा भदौ १६ गते मंगलबार उनको निधन भएकोमा बिहीबार स्वाथ्य मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा उनको कोरोनाको कारण मृत्यु भएको पुष्टि गरिएको हो ।







