सविना कार्की – दक्षिण कोरियाको नयाँ वर्ष सलनालको विशेष अवसरमा कोरिया स्थिति विभिन्न नेपाली संघसंस्थाहरुले फेब्रुअरी १५,१६,१७,१८ तारिखका दिनहरुमा भव्य कार्यक्रम सम्पन्न गर्यो । तर ती कुनैपनि संघसंस्थाहरुले हालसम्म कुनै खाले आयव्ययको विवरण भने सार्वजनिक गरिएको छैन ।
नाम त अहिले नलिउ तर धेरै जसो संस्थाहरुले झट्ट हेर्दा आयमुलक कार्यक्रम गरेको देखिन्छ।यी कुरा सम्बन्धित संघसंस्थाहरुले सार्वजनिक गरेको व्यानर र विज्ञापनहरुबाट प्रमाणित हुनजान्छ ।
कतिपय कार्यक्रमको आयोजकहरुले कोरियामा रहनु भएको नेपाली दर्शकहरू आफ्नो कार्यक्रममा इन्ट्रि हुनका लागि शुल्क तोकिएको थियो । तर केही आयोजकहरुले भने सम्बन्धित कार्यक्रममा उपस्थित र मनोरञ्नका लागि बाहिर देखिनेगरि शुल्क तोकेनन् तर कार्यक्रममा मनोरञ्जनका लागि पुगेका दर्शकहरुबाट घटिमा ३० हजार कोरियन वन लिएको कार्यक्रमका लागि पुगेका दर्शकले बताउनुभएको छ। बढिमा कतिसम्म शुल्क लिएको थियो भन्ने बारे चै पछि आधिकारिक विवरण राख्ने छु।
यहाँ गम्भीर प्रश्न आम नेपालीहरुले नै उठाइरहनु भएको छ कि सलनाल विशेष सबैखाले कार्यक्रमहरु सेवाका लागि,र सेवामूलक हो भनेर ठूलाठूला शब्दमा व्यानरमा प्रचार गरिएको थियो।
के सेवाका लागि गरिएको कार्यक्रमहरुको आयव्यय – आम्दानी र खर्च को विवरण सार्वजनिक गरिनु पर्दैन ? सम्बन्धित संघ संस्था र आयोजकहरु कोरियाबासी सम्पूर्ण नेपाली समुदाय र नेपाली नागरिहरुको नजरमा विश्वासिलो र जिम्मेवार बन्नु पर्दैन ? यो प्रश्न सम्बन्धित आयोजक टोलिहरुलाई रहनेछ ।
बाकी फेरि फलोअप हुनेछ ।





