नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञापत्रको पूर्णपाठ सार्वजनिक गरेका हुन् ।
कांग्रेसले घोषणापत्रलाई प्रतिज्ञापत्रको नाम दिएको छ । प्रतिज्ञापत्रमा कांग्रेसले भिजन १० समावेश गरेको छ । भिजन १० का विषय बुधबार जनकपुरको तिरहुतियामा आयोजित सभामा सार्वजनिक गरेको थियो ।
उक्त प्रतिज्ञा पत्रमा भिजन १०, अबको नेपाल, सुशासित नेपाल, हाम्रो अर्थतन्र उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र, युवा शक्ति, रोजगारी, सीप र श्रमलगायतका आधारभूत क्षेत्र समेटिएका छन् ।
यसैगरी, वैदेशिक रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, गरिबी निवारण, सामाजिक सुरक्षा, दिगो भौतिक पूर्वाधार, व्यवस्थित गाउँ शहर, प्राकृतिक स्रोत, भूउपयोग, खानी तथा खनिज पदार्थ, पर्याप्त ऊर्जा दिगो पूर्वाधार, दूरसञ्चार,सूचना प्रसारण, सूचना प्रविधि र डिजिटल रुपान्तरण, समावेशी, सुरक्षित र डिजिटल नेपाल समेटिएका छन् ।
Congress_manifesto_082_Final





