सविना कार्की–
कालिकोट समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन फेब्रुअरी १५ तारिख आइतबारका दिन काेरियाकाे राजधानी सउलमा भव्यताका साथ सम्पन्न भएको छ।
उक्त कार्यक्रमको संचालन कालिकोट समाज दक्षिण कोरियाका महासचिव मानबहादुर रोकायाले गर्नुभएको थियो भने कार्यक्रमको सभा-अध्यक्ष संस्थाका ” अध्यक्ष गोपाल बहादुर शाहीले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (NRNA ) दक्षिण कोरियाका अध्यक्ष र विशिष्ट अथिति तथा अथिति को रुपमा विभिन्न प्रादेशिक, क्षेत्रिय, जातिय, राजनीतिक तथा जिल्लागत संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीज्युहरुले आसन ग्रहण गर्नुभएको थियो।
त्यसैगरी संस्थाका वरिष्ठ उपाध्यक्षले स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका संरक्षक सर्जन रावत(समीप)ले संस्थाको समग्रताको बारेमा प्रस्तुत गर्नुभएको थियोे ।
त्यस्तै कार्यक्रममा मन्तव्य राख्ने क्रममा अथिती, विशेष अथिति,तथा प्रमुख अथितिहरुले मन्तव्य राख्ने क्रममा कालिकोट समाज दक्षिण कोरियाले गरेका सामाजिक कामहरुको खुलेर प्रसंशा गर्नुभएको थियो।
पहिलो चरणको कार्यक्रम समापन संस्थाका अध्यक्ष गोपाल बहादुर शाहीले गर्नु भएको थियो हाे।
पहिलो चरणको कार्यक्रम सकीय सङ्गै कालिकोट समाज दक्षिण कोरियाको नेतृत्व चयनका लागि दोस्रो चरण अन्तर्गत बन्द सत्र सुरु भएको थियो। संस्थाको विधान अन्तर्गत रही गठित निर्वाचन कमिटीले नेतृत्व चयन गर्नु पूर्व निर्वाचनको आचारसमिता तथा आवश्यक प्रक्रियाहरूको बारेमा बन्द सत्रमा जानकारी गराइसकेपछि तोकेको समय सीमाभित्र रही उम्मेदवारी दर्ता प्रक्रिया, सहमतिका लागि समय,उम्मेदवारी फिर्ता प्रक्रिया लगायत सम्पूर्ण कुराहरूलाई समय सीमाभित्र रही पूरा गर्नका लागि निर्वाचन समिति संयोजक पूर्ण प्रसाद भट्टराई , निर्वाचन समिति सदस्यमा ललित जंग राना र चरित्र शाही रहनु भएको थियो ।
कालिकोट समाज दक्षिण कोरियाको नयाँ कार्यसमितिकाे नामावली







