टी–२० विश्वकप अन्तर्गत आजको दोस्रो खेलमा समूह ‘ए’का अमेरिका र नामिबियाले प्रतिस्पर्धा गरिरहेका छन् । चेन्नईस्थित एमए चिदम्बरम् मैदानमा जारी खेलमा अमेरिकाले २०० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थोलेको अमेरिकाले २० ओभरमा ४ विकेट गुमाएर १९९ रन जोड्यो ।
उसका लागि सञ्जय कृष्णमुर्तीले विष्फोटक ब्याटिङ गरे । ३३ बल खेलेका उनले ६ छक्का र ४ चौकाको मद्धतले अविजित ६८ रनको योगदान दिए । यस्तै, कप्तान मोनाङ्क पटेलले ५२, मिलिन्द कुमारले २८ तथा सञ्जय जहांगिरले २२ रन बनाए ।
बलिङतर्फ नामिबियाका विलेम मिवुर्ग र जेरहार्ड इरास्मसले दुई–दुई विकेट लिए । अहिले नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा स्थितीमा टोलिले ५.२ ओभरमा १ विकेट गुमाएर ५४ रन जोडेको छ ।







