
काठमाडौं – नेपालमा आज एकैदिन १ हजार २२८ जना काेराेना संक्रमित थपिएका छन् । जसमध्ये महिला ३९४ र पुरुष ८३४ जना गरि १२ सय २८ जना छन् याे सँगै नेपालमा ४२ हजार ८७७ जना संक्रमितकाे संख्या पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार हालसम्म २४ हजार २०७ जनाकाे उपचार पछि डिस्चार्ज भएका छन् । जसमध्ये बिहिवार ९१७ जना डिस्चार्ज भएका हुन् भने मृत्यु हुनेमा ६ जना रहेका छन् ।
हालसम्म २५७ जनाकाे मृत्यु भएको छ । काेराेना संक्रमितको संख्या दिनहु बढ्न थालेसँगै नेपाल पनि काेराेनाकाे उच्च जाेखिम मा पग्दै गएकाे बुझ्न सकिन्छ ।







