मिलनको बिन्दुमा पुगेको एनआएनए दक्षिण कोरियाका दुई पक्ष यतिबेला फेरि आमने सामने भएको छ । यसको मुख्य पात्र हुन् पार्वती मोक्तान । एनआरएनए कोरियामा हाल बिपिन कुमार गुरुङ पक्ष र पार्वती मोक्तान पक्ष छन् यी दुई पक्षले हालसालै मात्र सहजीकरण र एकता लागि कदम भन्दै विभिन्न बुदाहरु लेखेर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएन आईसीसी० का अध्यक्ष महेश श्रेष्ठको उपस्थितिमा दुई पक्ष मिली लिखित हस्ताक्षर गरे । सहमतिको केही समयपछि हस्ताक्षर सहितको पत्र बाहिरीयो त्यसपछि मोक्तान झन केही पत्रकारहरुसित आक्रोसित बनिन् । उनले खुलेर भयका सहमतिको बारेमा भने बताउनै चाहिनन् ।
हस्ताक्षरको केही दिनपछि पार्वती मोक्तानले घर पुग्ने वितिकै पत्रकार बोलाएर अन्तरवार्ता दिदै भिडियोमा भनिन्
त्यो लिखित सामान्य खेस्रा मात्रै हो सहमति होइन ।
मलाई चिया खान बोलाएर सहमति गर्न लगाइयो । मैले कतै अग्रजहरुसँग सोदबुज गर्नै पाएको थिइनँ तर विडम्बना यो भन्नुभन्दा पहिले उनिले गएर अर्को पक्षसँग हात मिलाउदै सहमति पत्रमा हस्ताक्षर गरिसकेकी थिइन् ।
विभिन्न संघसंस्थाको सार्वजनिक कार्यक्रममा पार्वतीको भाषण सुन्ने हो भने म अध्यक्षमा आएकै दुई एनआरएनए मिलाउन हो सम्म भन्न भ्याउछिन् तर कार्यनयनमा भने प्रयासगत भएको लिखित सहमतिका कुराहरु समेतलाई नकारी हिड्छिन् मोक्तानका यस्ता गतिविधि हेर्ने हो भने यीनले संघलाई कसरी सहि र परिपक्व नेतृत्व बनाउछिन रु
जनवरी २८ तारिखमा फेरि पार्वती पक्षको एनआरएनए कोरियाले एकता भएको छैन भनेर विज्ञप्ति निकाल्यो भने बिपिन पक्षले सायद विज्ञप्ति सार्वजनिक गर्न बाकि नै होला। यी दुईपक्षको गतिविधि बारे थप जानकारी आउनेनैछ ।
तर पार्वतीपक्षहरुले हामी नै निर्वाचित हाम्रो पक्षनै महान भनिरहने हो भने कसरी विवादित मुद्दाहरुलाई मिलाउन सक्छिन त भन्ने गम्भीर प्रश्न खडा हुन्छ ।
त्यसो त एनआरएनए दक्षिण कोरिया सधैं विवादित र अहिले यहाका नेपाली समुदायले हल्का रुपमा लिए जस्तो भने थिएन पहिलेका नेतृत्व निकै गहकिला थिए। यज्ञराज सुवेदी,दिपक पुन,बुद्धि गुरुङ लगाएतको नेतृत्व भने बलियो रहेको थियोे ।
र अर्का पक्षका विपिन गुरुङ भने बेला बेला घोचपेजका स्टाटस लेखिरहन्छन् गुरुङ पनि हामी खेलेर मिल्छौ मिल्न का लागि हामी यी र यस्ता खाले सहमति गर्छौ भन्ने कुनै गहकिलो वक्तव्यहरु भटिदैन । कहिले सार्वजनिक कार्यक्रमहरुमा मोक्तानलाई लक्षित गरेर घोचपेचका वक्तव्य दिन्छन् त कहिले पत्रकारहरुलाई आफ्नो विशेष कार्यक्रममा उपस्थिति जनाएन भनेर गाली गर्छन् ।
समग्रमा भन्दा यी दुई पक्षाका एनआरएनए कोरियाले कोरियाको आम जनसमुदायको अगाडि नेतृत्वगत संस्थाको भुमिका निर्वाह गर्न सकेको छैन । र खुलेर मिलनको विन्दु तर्फ जान सकेको छैन । आगामी दिनमा बलियो एनआरएनए कोरिया बनाउने हो भने सबैभन्दा पहिले दुईपक्ष नै लचिलो भयर एक हुनुपर्छ र केन्द्र लाई सकारात्मक सन्देश दिदै कोरियामा रहेको अन्य संघसंस्थाहरुको अभिभावक बन्न सक्छ ।






