नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाको आयोजनामा आदिवासी समुदायको पर्व, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त शुभकामना आदान–प्रदान तथा चिनारी अभियान कार्यक्रम–2026 आयोजना हुने भएको छ।
‘पर्व, संस्कृति, पहिचान एकताको आधार, चिन्ने र चिनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको उक्त कार्यक्रम आदिवासी चाडपर्वहरूको उपलक्ष्यमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत कोरियामा रहेका विभिन्न आदिवासी जनजातिहरूबीच आपसी एकता, सांस्कृतिक पहिचान र पारस्परिक चिनजानलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
कार्यक्रम २०२६ फेब्रुअरी १ तारिख (2026/02/01) का दिन सेमावल हलको पाँचौं तल्ला, दोङ्देमुन मा आयोजना हुनेछ। कार्यक्रम मध्याह्न १२:०० बजेदेखि सुरु हुने जानकारी दिइएको छ। नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले उक्त कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।







