नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राष्ट्रिय सभा संसदीय दलको बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा भुसाल, प्रमुख सचेतक मदनकुमारी शाह ‘गरिमा’ र सचेतक गंगा बेलवासेलाई नियुक्त गरेको हो ।
पार्टीले दलको नेता नारायण काजी श्रेष्ठ राजीनामा दिएर निर्वाचन को उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टिम गठन गरिएको बताइएको छ ।







