नेपालमा चुनाव नआउँदै प्रधानमन्त्रीको नाम तय भइसक्ने परम्परा बस्दै गएको छ। सामाजिक सञ्जालदेखि चिया पसलसम्म एउटै बहस सुनिन्छ—अबको प्रधानमन्त्री को?
रास्वपाले बालेन शाहको नाम अघि सारेको छ।
नेपाली काङ्ग्रेसले गगन थापालाई नेतृत्वको प्रतीक बनाएको छ।
नेकपा एमालेले खड्गप्रसाद ओली ।
हर्क साम्पाङ खुलेआम “अब प्रधानमन्त्री म नै हुँ” भन्छन्।
नेकपाबाट पुष्पकमल दाहाल,
राप्रपाबाट राजेन्द्र लिङ्देन,
जनमोर्चाबाट चित्रबहादुर केसी,
उज्यालो नेपालबाट कुलमान घिसिङ—सबै आ–आफ्नो दाबीमा छन्।
प्रधानमन्त्रीको कुर्सीका आकांक्षी यति धेरै छन् कि, चुनाव जनताका लागि होइन, नेताका महत्वाकांक्षाका लागि भएको जस्तो देखिन थालेको छ।
चुनावभन्दा अगाडि कुर्सीको भागबण्डा
राजनीतिक दलहरूको प्राथमिकता देश र जनताको मुद्दा होइन, सत्ता बाँडफाँट देखिन्छ।
रास्वपाको उम्मेदवारी प्रक्रियामै विवाद छ।
एमाले महाधिवेशनपछिको गुट–उपगुटको हिसाबकिताबमा अल्झिएको छ।
काङ्ग्रेस विशेष महाधिवेशनको संघारमै टिकट विवादका कारण फुटको छेउमा पुग्यो ।
नेकपामा करिब २५०० केन्द्रीय सदस्य छन्—तर कसलाई टिकट दिने देखि कारबाही सम्म
हर्क साम्पाङले सामाजिक सञ्जालमै “टिकट लिन आउनु” भनेर आह्वान गर्दा राजनीति संस्थागत अभ्यास होइन, व्यक्तिगत ब्रान्डिङजस्तो देखिन थालेको छ।
घोषणापत्र बिना चुनावी हल्ला
अहिलेसम्म अधिकांश दलको स्पष्ट घोषणापत्र सार्वजनिक भएको छैन।
देशको अर्थतन्त्र कसरी सुधार्ने?
बढ्दो बेरोजगारी कसरी समाधान गर्ने?
युवा पलायन कसरी रोक्ने?
यी प्रश्नमा दलहरूको उत्तर मौन छ।
तर प्रधानमन्त्री को बन्ने भन्ने प्रचार भने आक्रामक छ।
सामाजिक सञ्जालमा तर्कसहित प्रश्न उठाउनेलाई गाली र आक्रमणको सामना गर्नुपर्छ। विचारको प्रतिस्पर्धा होइन, आस्था र आक्रोशको राजनीति हाबी हुँदै गएको छ।
चुनाव गराउने कि चुनाव जित्ने?
अर्को गम्भीर प्रश्न—
चुनाव गराउने जिम्मेवारी पाएका मन्त्री नै राजिनामा गरेर मैदानमा उत्रीएका छन
प्रदेशका सांसद,
स्थानीय तहका जनप्रतिनिधि ५ बर्षको म्यान्डेट नै छोडेर
सबै स्वयं चुनावी प्रतिस्पर्धामा सक्रिय छन्।
यसले निष्पक्षतामाथि प्रश्न उठाएको छ।
संस्थागत लोकतन्त्र कमजोर बन्दैछ, तर राजनीतिक दलहरू आत्ममन्थन गर्न तयार देखिँदैनन्।
राजनीति सेवा होइन, सत्ताको सिँढी?
एमाले, काङ्ग्रेस, नेकपा, रास्वपा—नाम फरक भए पनि प्रवृत्ति उस्तै देखिन्छ।
राजनीति सेवा र विचारको माध्यम हुनुपर्नेमा
टिकटको व्यापार,
पदको दौड,
र कुर्सीको सौदा बन्दै गएको छ।
यदि यही शैली रहिरह्यो भने प्रश्न प्रधानमन्त्री को बन्छ भन्ने होइन,
लोकतन्त्र कति बाँच्छ भन्ने हुनेछ।
देशलाई नेतृत्व चाहिएको छ—न कि केवल आकांक्षीहरूको भीड। मदन भण्डारी श्रीजल
प्रतिक्रिया






