नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाको अध्यक्षमा सन्ताेस खड्का निर्वाचित हुनुभएको छ।
नेपाल पत्रकार महासंघ काेरिया शाखाले आज काेरियाकाे राजधानी सियाेलमा आयाेजना गरेकाे ८ औं अधिवेशन बाट अबकाे ८ औं कार्य समितिका लागि अध्यक्षमा सन्ताेस खड्का चुनेकाे हाे।
त्यसैगरी केन्द्रीय पार्सदमा भने केसब पाेखरेल हुनुहुन्छ। उपाध्यक्षमा सविना कार्की र काेकिल पाैडेल निर्वाचित हुनुभएको छ। सचिवमा बासुदेव भट्ट हुनुहुन्छ । कोषाध्यक्ष परि बुढाथोकी रहनुभयकाे छ।
सदस्यहरूमा सुमन कार्की र शिवबहादुर कार्की चयन भएका छन्।







