सिन्धुपाल्चोक बुदेपा, बाह्रबिसे नगरपालिका २ नं. वडाका अध्यक्ष रेशम तामाङले श्री सुनकाेशी माध्यमिक विद्यालय मा अध्ययनरत ११७ जना विद्यार्थीहरुलाई ट्रयाकसुट उपलब्ध गराउनु भएको छ । उक्त सहयोग प्रधान गरेकाे प्रति विद्यालयले वडा र वडाका अध्यक्ष तामाङलाई धन्यवाद ज्ञापन गरेकाे हाे ।
साथै विद्यालयले आगामी दिनमा विद्यालयको शैक्षिक उन्नतिका लागि स्थानीय सरकार र वडासँग निरन्तर सहयोगको अपेक्षा समेत राखेकाे छ ।







