सिन्धुपाल्चोक बाह्रबिसे २ कर्थलीका व्यवसायी शुवास खड्काले विद्यालयलाई २०० थान टाेपि सहयोग गर्नुभएको छ ।
विद्यालय पाेसाक वितरण कार्यक्रम मार्फत उक्त सहयोग साेमबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय का केही विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको हाे ।
कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथिहरु बाह्रबिसे नगरपालिका उपमेयर र र वडा अध्यक्ष रेशम तामाङ र विद्यालयका शिक्षक र विद्यार्थीहरु,कर्थलीका अधिकांश अभिभावकहरु र विद्यार्थीकाे बाक्लो उपस्थिति रहेकाे थियोे ।
युवा व्यवसायी तथा समाजसेवीकाे रुपमा परिचित खड्का उक्त विद्यालयका पूर्वविद्यार्थी हुनुहुन्छ । विद्यार्थी बेलाको अभाव र जाडाे यामकाे आवश्यकतालाई नियाल्दै व्यवसायी खड्काले उक्त सहयोग प्रदान गर्नुभएको हाे । उक्त सहयोग बारे विद्यालयले आफ्नो सामाजिक सञ्जाल मार्फत पनि जानकारी गराएको छ भने व्यवसायी खड्काले पनि उक्त जानकारी दिनुभएको हाे ।







