
काठमाडौँ, नेपाली बजारमा सुनको मूल्य दिनहुँ घटबढ भइरहेको छ । यसै क्रममा बिहिवार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार भने सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३४५ रुपैयाँमा झरेकाे छ ।







