
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । बिहान ११ बस्ने पूर्वनिर्धारित बैठकलाई आजै दिउँसो सारिएको हो ।
बैठक अघि बैठकको केही तयारी गर्नुपर्ने भएर बैठक दिउँसोका लागि सारिएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पूर्वनिर्धारित बैठक तालिकामा सामान्य फेरबदल गरेर दिउँसो ३ बजेका लागि सारिएको हो ।
यसअघि गत शनिबार भदौ १३ गतेका लागि सचिवालय बैठक निर्धारण गरिएको थियो । सचिवालयका नेताहरूको सहयोगीलाई कोरोना सङ्क्रमण देखिएपछि नेताहरू होम आइसोलेसनमा बस्नुपरेपछि १८ गतेका लागि बैठक सारिएको थियो । आजको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने बताइएको छ ।







