
एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पर्सनल वेबसाइटको ट्वीटर अकाउन्ट बुधबार अबेर राती ह्याक भएको छ । तर त्यसको केही बेरमा नै समस्या समाधान गरिएको छ । अब यस विषयमा ट्वीटरको बयान आएको छ जसमा उले ह्याकिङ भएको स्विकारेको छ । ट्वीटरले भनेको छ, ‘केही दिन अघि बराक ओबामा, एलन मस्कजस्ता हस्तीको अकाउन्ट ह्याक गरेर बिटक्वाइको माग गरिएको थियो । यो ठ्याक्कै त्यस्तै ह्याकिङ हो ।’
समाचार एजेन्सी रोयटर्सलाई ट्वीटरले भनेको छ, ‘हामीलाई नरेन्द्र मोदीको अकाउन्ट ह्याकमाथि जे भएको छ, त्यसबारे जानकारी छ र हामी यसलाई सुधार्नमा लागेका छौं ।’







