राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँगको त्रिपक्षीय वार्तामा एक पटकप्रधानमन्त्री छलफलले मात्रै नपुग्ने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।
सबैलाई विचार आदानप्रदान गर्न आग्रह गर्दै उनले देश आफूहरूले नै बनाउने र देश बनाउनका लागि एक पटकको कुराकानीले मात्रै नपुग्ने बताएकी हुन् ।अहिले संवादको सुरुवात भएको उल्लेख गर्दै उनले यस्ता छलफलहरू बारम्बार हुनुपर्नेमा जोड दिइन् ।







