
काठमाडौं, ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौंका प्राय सबै प्रहरी कार्यालय आगजनीमा परेको छ । गत सोमबार भदौ २३ गतेबाट सुरु भएको सो प्रदर्शनमा उपत्यका प्रहरी कार्यालय रानीपोखरीसहित १३ प्रहरी वृत्त पूर्ण रूपमा जलेको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालका अनुसार काठमाडौं उपत्यकाका १४ मध्ये प्रहरी वृत्त मालीगाँउ मात्र जोगिएको छ । माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सुरुकै दिन प्रहरीको गोली लागेर १९ जनाले ज्यान गुमाएका थिए । त्यसपछि थप आक्रमक बनेका जेनजी प्रदर्शनकारीले भदौ २४ गते विभिन्न प्रशासनिक भवन तोडफोड र आगजनी गरेका थिए ।
यसैगरी, प्रदर्शनकारीले संसद् भवन, देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार, सर्वोच्च अदालत, शीतलनिवासलगायत सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी गरेका हुन् । प्रदर्शनका क्रममा हालसम्म ज्यान ५१ जनाको मृत्यु भएको छ ।







