
काठमाडौं, अन्तरिम सरकार प्रमुखमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउन नहुने भन्दै युवाहरु विरोधमा उत्रिएका छन् । बिहीवार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडि कार्कीलाई सरकारको प्रमुख बनाउन नहुने भन्दै भिड जम्मा भएको हो ।
‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने तर सुशिला कार्की नहुने भन्दै असन्तुष्टि जनाएका छन् ।
जेनजी आन्दोलनको माग कार्कीलाई सरकार प्रमुख बनाउनका लागि नभएको उनिहरुको भनाइ छ ।
सो भिडले भारतीय मिडियाहरुविरुद्ध पनि आक्रोश व्यक्त गर्दै ‘गो ब्याक इण्डिया’ भन्दै विरोध गरिरहेका छन् । भारतीय मिडियाहरुलाई जंगीअड्डामा जान दिएको तर नेपाली मिडियाहरुलाई भने प्रवेश गर्न नदिएको भन्दै उनीहरुले नाराबाजीसमेत गरेका छन् ।
यसैगरी, संसद् विघटन गरेर बालेन, हर्क साङपाङ, कुलमान घिसिङजस्ता पात्र अगाडि आउनुपर्ने भन्दै केही युवाले विरोध गरिरहेका छन् ।







