
काठमाडौं, पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेल, मट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ । आइतबार मध्यरातदेखि लागू हुने गरी नेपाल आयल निगमले तेलको मुल्य घटाएको हो ।
यसैगरी नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ । निगमले सार्वजनिक गरेको विज्ञप्ती अनुसार अन्य इन्धनको मुल्य भने यथावत् रहेको छ ।








