
विश्वभर महामारकिो रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा ६० लाख भन्दा बढी सङ्क्रमित पुगेको जोन हकिन्स विश्व विद्यालयले जनाएको छ ।
विश्वविद्यालयको तथ्याङ्का आधारमा विश्वभर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका कूल सङ्क्रमितको झण्डै एक चौथाइ सङ्ख्या हो । तथ्याङ्कले अमेरिकामा पछिल्लो एक महिनाको समयमा सङ्क्रमित भएका विरामीको सङ्ख्या दश लाखभन्दा बढी देखाएको छ । चीनको वुहानमा कोभिड–१९ सङ्क्रमण फैलिएको गत वर्षको अन्त्यतिर सार्वजनिक भएको भएपनि अमेरिकामा पहिलो सङ्क्रमित विरामी जनवरी २१ मा भेटिएको थियो ।
अमेरिकामा मङ्गलबारसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरससँग जोडिएका घटनाका कारण मृत्यु भएको पुष्टि भएको छ । अमेरिकापछि बढी सङ्क्रमण ब्राजिलमा ३९ लाख भन्दा बढीमा सङ्क्रमण देखिएको छ भने तेस्रो धेरै सङ्क्रमित सङ्ख्या भारतमा झण्डै ३७ लाख सङ्क्रमित भएका छन् । एजेन्सी







