
काराकास, भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार विपक्षी नेता हुवाँ ग्वाइदोका सहयोगी सहित १०० सांसदलाई ‘राष्ट्रिय मेलमिलाप प्रवद्र्धनका लागि’ माफी दिएको घोषणा गर्नुभएको सरकारले मङ्गलबार जानकारी गराएको छ ।
माफीको लागि सञ्चारमन्त्री जर्ज रोड्रिगेजले सरकारी टेलिभिजनमा प्रत्यक्ष प्रसारणमा नाम पढिएकामध्ये ग्वाइदोका सहायक रोबर्टो मरेरो, सांसद गिल्बर कारो र रेन्जो प्रितोलगायत नेता तथा सांसद रहेका छन् । राष्ट्रपतीय आदेशसँगै घोषणा कार्यान्वयनमा गएकोे छ तर राष्ट्रपतिको विरुद्धमा लागेको अभियोगमा जेल परेका व्यक्तिलाई जेलमुक्त गर्न अदालतद्वारा तुरुन्त प्रक्रिया अघि बढाउनुपर्नेछ ।
मरेरो सन् २०१९ को मार्चमा पक्राउ पर्नुभएको थियो । उन तथा पक्राउ पर्ने अन्य नेता तथा सांसदहरूलाई मदुरो सरकारलाई अस्थिर बनाउन ‘आतंकवादी समूह’ को हमला गर्ने योजनाको हिस्सा भएको आरोप लगाइएको थियो । माफी दिइएका व्यक्तिहरूमध्ये विपक्षी नेता ग्वाइदो भने हुनुहुन्न । तर उनका धेरै मुद्दाहरूलाई केही खुकुलो गरिएको छ ।
माफीका लागि सार्वजनिक ११० व्यक्तिको सूचिमा विपक्षी सभासद् फ्रेडी ग्वेभेरा पनि छन । उन सन् २०१७ मा राष्ट्रपतिविरूद्ध गरिएको आन्दोलनमा १२५ नागरिकको मृत्यु भएपछि राजधानी काराकासस्थित भेनेजुयलाका लागि चिलीको दूतावासमा शरण लिन पुगेका थिए
। ग्वेभेराले सत्ता विरोधी अभियानमा सम्लग्न भएको आभियोगमा सुनुवाईका क्रममा आफूले स्वतन्त्रताका लागि आन्दोलनको पक्षमा समर्थन गरेको तर देश छोडेर अन्यत्र शरण लिन नजाने बताएको सर्वोच्च अदालतले जनाएको छ ।
माफी पाउनेहरूमध्ये सबैभन्दा पुरानो ‘डेमोक्र्याटिक एक्शन पार्टी’का प्रमुख हेनरी रामोस अल्लप पनि रहनुभएको छ । यसबाहेक सजायँ मिनाहका लागि राष्ट्रपतिद्वारा सिफारिस व्यक्तिहरूमा निर्वासनमा रहेका विपक्षी सांसदहरूसहित जटिल प्रकृतिका न्यायिक मुद्दा लागेका व्यक्तिहरूसमेत समावेश भएको उल्लेख गरिएको छ । एजेन्सी







