
सर्लाही, काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदैगरेको एम्बुलेन्स आज बिहान त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् । ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खस्दा पाँच जना घाइते भएका हुन् ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउपालिका-३ पानीधाराबाट बिहान ५ः१५ बजे त्रिशुली नदीमा एम्बुलेन्स खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङले जानकारी दिएका छन ।
दुर्घटना भएपछि फिस्लिङबाट गएको प्रहरीले टोलीले घाइते सबैलाई उद्धार गरी भरतपुर पठाएको छ । उनीहरूको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।







