
आइतबार सुन–चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० रुपैयाँ कायम छ ।
त्यस्तै तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ रहेको छ ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ १ लाख १७ हजार १०० र तेजावी सुनको भाउ १ लाख १७ हजार ५० रुपैयाँ कायम रहेको थियो ।
आज चाँदीको भाउ भने पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ३० रुपैयाँ पुगेको छ ।







