
जेनोभो, विश्वमा दुई करोड ५६ लाख ३८ हजार २३० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ५४ हजार ७७५ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
मङ्गलबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७९ लाख ४२ हजार ९११ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६८ लाख ४० हजार ५४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६१ हजार १५८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।







