
काठमाडौं, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । उनले आफूमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका छन ।
मेयर शाक्य र उनको श्रीमति ग्रान्डिमा जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ देखियो भने श्रीमतिको नेगेटिभ देखिएको जानकारी गराएका छन । हाल उनी होम आइसोलेसनमा रहेको र कोरोनाको लक्षण नदेखिएको बाताएका छन ।







