
काठमाडौं, सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात भदौ मसान्तसम्म सञ्चालमा रोक लगाएको छ। आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदाैभर रोक लगाएको हो। यसअघि १५ गते सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले जानकारी दिए ।
कोरोना संक्रमण बढ्दै जाँदा सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा गरेको छ । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुग्दा ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ।
ति मन्त्रीका अनुसार कोरोना संक्रमण बढ्दै जाँदा आन्तरिक उडान र लामो दूरीको यातायात खोल्ने अवस्था नबनेपछि भदौभर सञ्चालनमा रोक लगाउने निर्णय भएको हो ।
त्यसैगरी, सरकारले उदयबहादुर रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गरेको छ भने नवराज ढकाललाई ल्हासाका लागि महावाणिज्यदूत नियुक्त गरेको छ ।







