
काठमाडौं, नेपाली बजारमा सुनको मुल्य घटबढ भइरहेको छ । यसै क्रममा आइतबार सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ । योसँगै आज सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ९६ हजार ७ सय रूपियाँमा कारोकार भइरहेको छ । शुक्रबार चाँदीको मुल्य १ हजार ३ सय ४० मा कारोबार भएको थियो भने आज चाँदीको मूल्य १ हजार ३ सय ४० रूपियाँमा कारोबार भइरहेको छ ।







