
काठमाडौं, बिरामी तथा सङ्क्रमितको सेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मीहरु दिनरात खटिएको अवस्थामा केही उच्छृङ्खल व्यक्ति वा समुहबाट धम्कि र अभद्र व्यवहारप्रती गम्भीर ध्यानाकर्षण भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोना सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा नर्सविरुद्ध हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर, डेराकोठा आवतजावतमा अवरोध सिर्जना गर्ने जस्ता क्रियाकलापविरुद्ध कानुनी कारबाही गरिने जनाए । त्यसका लागि टोल फ्रि नम्बर ११४९ वा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त फोन गर्न सकिने जनाइएको छ । उनले यस्तो सङ्कटका बेला ज्यानको बाजी लगाएर नागरिकको सेवामा समर्पित स्वास्थ्यकर्मीलाई सम्मान गर्न आग्रह पनि गरे ।







