
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीवार पनि बस्दैछ ।बुधवारदेखि शुरू भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको छ ।बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बिहीवार पनि प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी रहनेछ ।माओवादी बैठकमा पार्टी पुनर्निर्माण, कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे छलफल भइरहेको छ ।







