
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरिएको छ।मङ्गलबार शाहलाई सीआईबीले धुम्बाराहीस्थित् घरबाटै पक्राउ गरेको हो।शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रहेका थिए।योसंगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ।
सिआइबीले आज बिहान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरि सुरू गरेको अपरेशनमा हालसम्म मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन कार्यालय प्रमुख सहसचिव कलाधर देउजा, कर्मचारीहरू धर्मेन्द्रप्रसाद गौतम, सुरेन्द्रमान कपाली, हुपेन्द्रमणि केसी तथा र गोपाल कार्कीलाई पक्राउ गरेको हो।







